नेपाल सरकारका सहसचिव इन्जिनियर ढकालले बृक्षारोपण गरी मनाए जन्मदिन

  Sampatti News Online

May 4, 2024


काठमाण्डौँ । नेपाल सरकारका सहसचिव इन्जिनियर चुढाराज ढकालले बृक्षारोपण गरी आफ्नो जन्मदिन मनाएका छन् ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आज काठमाण्डौँको तिनकुनेमा बृक्षारोपण गरी जन्मदिन मनाएका हुन् ।
उनले आफ्नो जन्मदिनमा यसरी यो अभियानसंग जोडिएर बृक्षारोपण गर्न पाउदा ज्यादै खुसी लागेको बताउदै भने– ‘अबका हरेक जन्मदिनमा म कम्तिमा पनि एउटा बिरुवाको रोपण गरी मनाउने छु’ । अहिले मैले सुरवात गरेको छु भने म यो सन्देश दिन चाहान्छुकी अबका आउने पुस्ताले आफ्नो जन्मदिनमा एक बिरुवाको पनि रोपण गरेमा सुन्दर वातावरण निर्माण गर्नमा हाम्रो निकै ठूलो भुमिका हुने छ’ । साथै उनले बृक्षारोपण स्थलमा आफ्नो छोरा कक्षा ८ मा अध्ययनरत १३ बर्षिय प्रचुर ढकाललाई पनि उपस्थित गराई छोराले पनि अबका हरेक जन्मदिमा बृक्षारोपण गर्ने सत्बिचारको उजागर हुनेमा बिश्वास ब्यक्त गरे ।
जन्मदिनको उपलक्ष्यमा उनले रौतहटमा रहेका गरीब,असाहय बालबालिकाहरुलाई स्टेशनरी उपलब्ध गराउनका लागि नगद रु. १० हजार रकम उक्त अभियानका लालितपुर जिल्ला संयोजक एलिजा लामिछानेलाई हस्तान्त्रण गरे ।
आयोजक संस्थाका अध्यक्ष तथा उक्त अभियानका संयोजक गोबिन्दप्रसाद चौलागाईले अब यो अभियानमा एक्यवद्धता जनाउदै बेलायतमा रहेका नेपालीहरुले पनि बृक्षारोपण गर्ने बताए । ढकाललाई जन्मदिनको शुभकामना दिदै उनले भने– ‘बिश्वब्यापी रुप लिईरहेको यो अभियान बृक्षारोपण मात्र नभएर बेसाहराहरुको साहरा पनि बनिरहेका छ ।
इन्जिनियर ढकालको आज परेको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गत गरिएको बृक्षारोपणलाइ साथ दिन प्राध्यापक, समाजसेवी लगायतका एक दर्जन भन्दा बढीको संख्यामा उपस्थित रहेका अभियानकर्ता हरुले सुभजन्म दिनको गित गएर इन्जिनियर ढकालको जन्मदिन मनाएका थिए ।
उक्त अभियानले दुई महिनाको अवधिमा लाखौं मानिसको सामुहिक अभियान बनेसंगै राष्ट्रिय अभियानको रुप लिएको छ । यसअघि काठमाण्डौँको तिनकुने र देशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल पशुपतिनाथ मन्दिर स्थित मृगस्थली श्लेसमानतक बनमा नेपाल सरकारका गृहसचिव एकनारायण अर्यालको प्रमुख आथित्यतामा देशकै सुपरहिट कलाकारहरुले अभियानमा एक्यवद्धता जनाउदै बृक्षारोपण गरेका थिए ।
गत शनिबार (बैशाख १५ गते) नुवाकोट जिल्लाको पंञ्चकन्या–१ सिमरा स्थित सत्य नारायण मन्दिरमा आश्रय लिएर बसेका बुवाआमा गुमाएका (बेसाहरा) २४ जना बालबालिकाहरुको साहरा बनेको थियो ।

प्रकाशित मिति:May 4, 2024