ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गयो

  Sampatti News Online

May 5, 2024

डडेल्धुरा । शनिबार राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१- ००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो भने दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय चालक धिरज थापामगर र बनीघाट रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको ज्यान गएको सूचना अधिकारी कुसुम नायकले बताए ।

उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका वडा नम्बर ४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:May 5, 2024