राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर

  Sampatti News Online

May 5, 2024

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार विभागका महानिर्देशक नवराज ढुङ्गानालाई प्रधानमन्त्री कार्यालय फिर्ता ल्याउँदै राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा लाई पठाइएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिव रहेका ढुङ्गाना २०८० असार १२ गते विभागको महानिर्देशक नियुक्त भएका थिए । उनी १० महिना विभाग बसे ।

यसैबिच, ‘कोटा’ पुगिसकेको चर्चा चलिरहँदा अर्थ मन्त्रालयमा वर्षामान पुनः नियुक्त भएसँगै नयाँ महानिर्देशकको कानेखुसी शुरु भएको थियो । यससँगै आन्तरिक राजश्व विभागमा शिवलाल तिवारीको नियुक्ति हुँदै राजश्व अनुसन्धानसम्म आई पुग्दा चर्चा अनुसार नै फेरबदल भएको छ । योजना अनुसार नै वैशाख दोस्रो साता सरकारले पर्यटन विभागका महानिर्देशक बुढालाई विभाग पठाउनकै लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ल्याएको थियो ।

प्रकाशित मिति:May 5, 2024