नेप्सेमा २४.५८ अंकको उच्च गिरावट

  Sampatti News Online

May 5, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २४.५८ अंक घटेर १९७४.३७ विन्दु झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६० हजार ५२३ पटकको कारोबारमा ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको ९७ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दोल्ती पावर कम्पनी, साधना लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले बढेको छ ।       

आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९२ प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्स लिमिटेडको १२ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।            

   

प्रकाशित मिति:May 5, 2024