दार्चुलामा पर्यटकीय सूचना केन्द्र र कोसेली घरको उद्घाटन

  Sampatti News

May 5, 2024


दार्चुला ।
दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्यटकीय सूचना केन्द्र र अपि कोसेली घरको उद्घाटन गरिएको छ ।
जिल्लाको अपिहिमाल गाउँपालिका–५ को मकरीगाडमा पर्यटन सूचना केन्द्र र कोसेली घरको एक औपचारिक कार्यक्रमका बिच आज उद्घाटन गरिएको हो ।
उक्त केन्द्रबाट अपिहिमाल लगायतका हिमश्रृङ्खला, धार्मिक स्थल, स्थानिय संस्कृति, बन्यजन्तु तथा जडिबुटी, लगायत पर्यटकीय स्थलहरूको बारेमा जानकारी पाउनुका साथै अबलोकन सहज गराउने उदेश्यले पर्यटनहरूको तथ्यांक संकलनको काम हुने जनाईएको छ ।
कोसेली घरबाट अपिहिमाल गाउँपालिका भित्र पाईने जडिबुटी स्थानीय उत्पादन डाले चुक, अचार बनाउन प्रयोग गरिने भाँङ्गो अल्लो र भांगो बाट बनेका कपडा, झोला गादिका (जकेट) पाखा सिलाजित, गानान्नो, जौँ बाट बनेको बिस्कुट, मल्देशी जिरा लगायतका समान हरु उपलब्ध हुने बताईएको छ ।

प्रकाशित मिति:May 5, 2024