डलरकाे भाउ स्थिर

  Sampatti News

May 6, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आज काे लागि अमेरिकी डलर एकको डलरकाे भाउ स्थिर छ । अमेरिकी डलर एकको डलरकाे दर अधिकतम १३३ रुपैया १८ पैसा र बिक्री दर १३३ रुपैया ७८ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ०९ पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ०६ पैसा र बिक्री दर १४७ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०३ पैसा र बिक्री दर ८८ रुपैयाँ ४३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७५पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७० पैसा र बिक्री दर ८ रुपैयाँ ७४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

प्रकाशित मिति:May 6, 2024