सर्वोच्च अदालतमा न्यायधीशको संख्या घट्दै, ३ न्यायधीश रिक्त

  Sampatti News Online

May 6, 2024


काठमाडौं । सर्वोच्च अदालतमा न्यायधीशको संख्या घट्दै गइरहेको छ । एकपछि अर्को न्यायधीशले अवकाश पाउने तर समयमा पदपूर्ति हुन नसक्दा सर्वोच्च अदालतमा न्यायधीशको संख्या घट्दै गइरहेको हो ।
आइतबारदेखि न्यायाधीश सुष्मालता माथेमाले अवकाश लिएपछि रिक्त न्यायधीशको संख्या तीन पुगेको छ । प्रधानन्यायधीशसहित २१ जना न्यायधीश हुनुपर्ने सर्वोच्च अदालतमा अहिले १८ जनामात्रै छन् ।
लामो समयदेखि पदपूर्ति हुन नसक्दा गत कात्तिकसम्म सर्वोच्च अदालतमा सात जना न्यायाधीश रिक्त थिए ।
त्यसयता सर्वोच्च अदालतका वरिष्ठतम न्यायधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाले अवकाश पाएकी छन् । अहिले सर्वोच्च अदालतमा रिक्त न्यायधीशको संख्या तीन पुगेको छ ।

प्रकाशित मिति:May 6, 2024