सोमबार सुनको भाउ तोलामा सामान्य बढ्यो

  Sampatti News Online

May 6, 2024

काठमाडौं । सोमबार सुनको भाउ तोलामा सामान्य हिसाबले २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबार भने १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ स्थिर रहेको थियो । सुनको भाउले वैशाख ९ गते प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । आइतबार प्रतितोला १ हजार ६४० मा कारोबार भएको चाँदी सोमबार १ हजार ६६० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति:May 6, 2024