केशवको उपचारमा आर्थिक समस्या, सहयोग गर्न अपिल

  Sampatti News Online

May 6, 2024


दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ निशिल स्थायी घर भएका केशव भण्डारीको उपचारमा आर्थिक अभाव हुन थालेपछि परिवारले आर्थिक सहयोग गर्नका लागि अपिल गरेको छ ।

बैशाख १२ गतेका दिन घर नजिकैको बनमा बाख्रा चराउने बेला भिरबाट खसेर गम्भिर घाईते भएका उनको जिल्ला अस्पत्ताल दार्चुलामा उपचार सम्भव नभएपछि क्षेत्रीय अस्पत्ताल डडेल्धुरा रेफर गरिएको थियो ।

हाल उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको हुँदा आर्थिक अवस्था निकै कमजोर भएकाले समाजसेबी, राजनितीज्ञ, प्राध्यापक, कर्मचारी, बिद्यार्थीहरु लगायत सबैले सक्दो रुपमा आर्थिक सहयोग गर्नका लागि अपिल गरेको छ ।

केशवका जेठा छोरा रमेशका अनुसार अहिले स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार भईरहेको जानकारी दिए । शरीर चलाउन थेरापीको आवश्यक्ता पर्ने तर अहिले अस्पत्तालमा भएका थेरापी जिल्ला बाहिर रहेको हुनाले उपचारमा झन् कठिनाई हुने जनाईएको छ । उपचारमा खटिएका डक्टरहरुले भने फिजियोथेरापीद्वारा थप उपचार गर्नु पर्ने बताए ।

सहयोग गर्न चाहनेहरुले घाईते केशवका छोरा रमेशसिंह भण्डारीको नाममा ग्लोबल आईएमई बैङ्कको खाता नम्बर १९००७०१०००१३०९ मा जम्मा गर्न सकिने छ । साथै, फोन–पे मार्फत सहयोग गर्न चाहनेले मोबायल नम्बरः ९८४८७२०७२४ मा समेत जम्मा गर्न सकिने छ ।

प्रकाशित मिति:May 6, 2024