गण्डकीमा मन्त्रिमण्डल विस्तार

  Sampatti News Online

May 6, 2024

लेखनाथ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रिमण्डल विस्तार गरेका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका अधिकारीले आफ्नो पार्टीबाट सांसदहरु सीता सुन्दास र वेदबहादुर गुरुङलाई मन्त्रि नियुक्त गरेका हुन्।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सुन्दास र गुरुङलाई सोमबार सपथ गराए । सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य र गुरुङलाई ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री अधिकारीले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि सोमबार मन्त्रिमण्डल विस्तार गरेका छन् । दुवै जना मुख्यमन्त्री अधिकारीको अघिल्लो कार्यकालमा पनि मन्त्री थिए ।

सत्ता साझेदार माओवादी केन्द्रले मन्त्री नटुङ्ग्याएका कारण मन्त्रिमण्डल अझै पूर्ण भएको छैन ।

प्रकाशित मिति:May 6, 2024