दुई जिल्लाका एसपी फेरिए

  Sampatti News Online

May 6, 2024

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय इलाम र सिराहाका एसपी फेरिएका छन् । इलाममा प्रभु ढकाललाई सरुवा गरिएको छ । सिराहामा एसपी रमेश पण्डितलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।

इलाममा कार्यरत वासुदेव खतिवडा र सिराहामा कार्यरत सन्तोष आचार्यलाई फिर्ता बोलाइएको छ । आचार्य २०८० फागुन १ मा सिराहामा गएका थिए । ३ महिना पुरा नहुँदै उनलाई जिम्मेवारी बाट हटाइएको छ ।

एसपी खतिवडाले इलाम–२ मा उपचुनाव त्रुटिरहित तरिकाले सम्पन्न गरेका थिए ।

प्रकाशित मिति:May 6, 2024