रास्वपा संसदीय दलको बैठक बस्दै

  Sampatti News

May 7, 2024

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरवारमा बिहान ८ बजे बस्नेछ।

बैठकमा यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टी कार्यालयले जनाएकाे छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमा छलफल हुने छ ।

प्रकाशित मिति:May 7, 2024