पृथ्वीको मौसममा बादलको प्रभाव बुझ्ने अस्ट्रेलियाको अनुसन्धान परियोजनाको लक्ष्य

  Sampatti News

May 9, 2024

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीका अन्वेषकहरूले दक्षिणी महासागरमा रहेका तरल बादलहरूले पृथ्वीको मौसमलाई कसरी असर गर्छ भनेर बुझ्नका लागि एउटा परियोजना सुरु गरेका छन् ।

राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सिसरो) ले सोमबार वैज्ञानिकहरूले जलवायु मोडेलमा रहेको खाडललाई सम्बोधन गर्नका लागि तस्मानियाको टापु राज्यको ‘केनाओक÷केप ग्रिम बेसलाइन वायु प्रदूषण स्टेशन’मा वायुमण्डलीय एयरोसोल अध्ययन गर्न १७ महिना बिताउने घोषणा गरेका छन् ।

उच्च पानी शुद्धताको कारण दक्षिणी महासागरमा बन्ने बादल प्रायः बरफको सट्टा अति–चिसो (सुपर–कुल्ड) तरल पानीले बनेको हुन्छ । सुपर–कूल्ड तरल पानीको बादल बरफको बादलको तुलनामा धेरै सूर्यको प्रकाशलाई अन्तरिक्षमा प्रतिबिम्बित गर्दा समुद्रको सतहलाई चिसो पार्न मद्दत गर्दछ ।

सिसरोका वरिष्ठ प्रमुख अनुसन्धान वैज्ञानिक मेलिता किउडले परियोजनाले समुद्रमाथि सूर्यको कति किरण भएको बादल अन्तरिक्षमा प्रतिबिम्बित हुन्छ र पृथ्वीमा कति तापक्रम हुन्छ भन्ने मापन गरेर बादलको गुणहरूको बुझाइमा रहेको अन्तर पूरा गर्न सहयोग गर्ने बताए ।

“नयाँ डाटाले सतह र बादलहरू बीच के भइरहेको छ र यस क्षेत्रमा बन्ने अद्वितीय ‘सुपर–कूल्ड’ तरल बादलभित्र के भइरहेको छ भन्नेबार बुझ्न सहयोग गर्नेछ”, उनले भने, “पृथ्वीले सबैभन्दा तातो वर्ष रेकर्ड गरेपछि पृथ्वीको वायुमण्डलमा कति तापक्रम छ भनेर राम्रोसँग मापन गर्नु त्यति महत्त्वपूर्ण कहिल्यै थिएन ।”

एरोसोलले पानीलाई सघन बनाउन र बादल बन्न सक्षम पारेर बादल निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ । एरोसोल वायुमण्डलमा निलम्बित साना कणहरू हुन्। तिनीहरू प्रायः मानव आँखाले देख्न सकिँदैन ।

दक्षिणी महासागरमा एरोसोलको मुख्य स्रोत ‘समुद्री स्प्रे र फाइटोप्लाङ्क्टन’द्वारा निस्कने ग्यासहरू हुन् ।

प्रकाशित मिति:May 9, 2024