नशालु इन्जेक्सन सहित दुई युवक पक्राउ

  Sampatti News Online

May 9, 2024

रौतहट । नशालु इन्जेक्सन सहित दुई जना युवक पक्राउ परेका छन् ।

मोटरसाइकल चढेर हेलमेट भित्र नशालु ईन्जेक्सन सहित दुईजना युवक अहिले बारा प्रहरीको नियन्त्रणमा छन् । पक्राउ पर्नेमा मोटरसाईकल चालक नुवाकोट पञ्चकन्या गाउँपालिका ३ का वर्ष २७ को विवस कार्की र पछाडी सवार चितवन भरतपुर ७ बस्ने वर्ष ३१ को ववी तामाङ रहेको बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले बताएका छन्।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले बाराको जीतपुर सिमरा २१ अमलेखगञ्जबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको प्र.३–०२–००९ प ४७३८ नम्बरको मोटसाइकल चेकजाँच गर्दा हेलमेटभित्र लुकाई छिपाई राखेको नोरफिन इन्जेक्शन एम एलको १८ एमपुल, फेनारागन १७ एमपुल र डाईजोपाम १८ एमपुल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजना माथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति:May 9, 2024