आरोहण ह्युमन रिसोर्स द्वारा ठगिएका महतो घरेडी बेचेर बिचल्लीमा

  Sampatti News Online

May 9, 2024

रौतहट २६ बैशाख। नेपाल सरकारले बैदेशिक रोजगारीमा जान कैयौं देशको लागी फ्री भिसा फ्री टिकट भनीरहँदा रौतहटको मौलापुर र देवाही गोनाही नगरपालिका घरभएका तीनजनाको समूहले काठमाडौंमा मैनपावर सञ्चालन गरेका तीनजनाको समूहले लाखौं रुपैया ठगे पछि पीडित भएका एकजना मानिस घरेडी जग्गा समेत बेचेर बिचल्लीमा परेका छन्।

रौतहटको मौलापुर  ५ घरभएका पृथवीनारायण यादव र देवाही गोनाहिका विन्देश्वर यादव र ईन्जिनियर संजीव पटेल मिलेर काठमाडौं सिनामंगल स्थित आरोहन ह्युमन रिसोर्स सञ्चालन गरेका छन् ।

उनीहरू संग लाखौँ रुपैयाँ ठगिएका माधव नारायण नगरपालिका ६ माधोपुरका ३३ बर्षीय राजकुमार महतो कोइरी अन्तिममा आत्तिएर मानसिक तनावमा परेपछि उनको परिवारमा हाल रुवाबासी सुरु भएको छ।

एककठा खेत पनि नभएका जग्गा सम्पतिको नाउँमा रहेको सात धुर घरेडी बैदेशिक रोजगारीको चक्करमा बिक्री गरिसकेको हाल मात्र ९ धुर घरेडी रहेको महतो संग दुईलाख रुपैयाँ लिएको दुईबर्ष हुनलाग्दा उनी आत्तिएर मानसिक तनावमा परेर आत्महत्या गर्ने सोंच बनाउन बाध्य भएका छन्।

माधोपुर गाउँकै एकजना समाजसेवी ओम प्रकाश यादवको चिनजानको भरमा महतो काठमाडाैं सिनामंगल स्थित आरोहण ह्युमन रिसोर्स अथार्त उनीहरूले सञ्चालन गरेको मैनपावरमा दुई बर्ष अघि पुगेका थिए।

वैदेशिक रोजगारमा मलेसिया जानभनेर राहदानी संगै एकलाख रुपैया विन्देश्वर यादव दुई बर्ष अघि दिएको महतोले बताएका छन्।

पैसा दिएपछि उक्त मेनपावर कम्पनीले ३ चोटी नक्कली भिसा , नक्कली टिकट पठाएर उडानको लागी काठमाडौँ बोलाउँदा आफूले बाँकी पैसा जोडाजाम गरी त्यहाँ पुगेर फर्केर आएको पीडित महतोले बताए।

केही महिना अघि असली भिसा र टिकट आएको भनेपछि पुनः काठमाडौं जाँदा पैसाको कमी देखाएर उडान गरेन , म संग त्यो समय मात्र १ लाख रुपैयाँ थियो फर्किने बेलामा त्यो पैसा पनि विन्देश्वर यादवले कम्पनीमै जमा गराउन लागिएको महतोले जानकारी दिएका छन्।

आफैले दिएको पैसा फिर्ता लिन १० पटक काठमाडौं गएर फर्केको, फोन उठाउँदैन, त्यहाँ जाँदा उल्टै थर्काउने, गरेको महतोले गुनासो गरेकाे छ।

विन्देश्वर यादव अर्थात उनीहरूले १ महिना भित्र उडान गराउने भनेर पैसा लिएको थियो। विन्देश्वर यादवले पृथ्वी सँगै हुँदा पैसा लिएको, थियो । अहिले उनीहरु छुटेर अलग अलग मेनपावर कम्पनी खोलेका छन्, ।

सो अवधिमा ४ पटक मेडिकल गरिएको एक पटकमा १० हजारको दरले ४० हजार खर्च भयो,१० पटक भन्दा बढी काठमाडौं पुग्दा एकलाख जाती खर्च, कहिले भेट हुने कहिले थर्काउने , र अहिले हामी छुट्टी सकेका छौं तपाईँ पृथ्वी नारायण संग भेट्नुस् भनेर विन्देश्वरले पठाउने गरेको उनको भनाई छ। साहु संग लिएको कर्जाको ब्याज सम्म चुक्ता गर्न नसकेपछि बाध्यभएर केही महिना अघि ७ धुर घरेडी जग्गा कौडीको भाउमा बिक्रि गरेको बताएका छन्।

पछिल्लो पटक त्यही पैसामा पृथ्वीले १० दिनमा दुबई पठाउने भनेको थियो त्यो भनेको पनि ४ महिना भयो पीडित राजकुमार महतोले बताएका छन्।

उनको गाउँले ओम प्रकाश यादवले आफूले चिनेको मानिस भनेर उनीहरूको मेनपावरमा महतोलाई पठाउँदा उडान गराउन अथवा पैसा फिर्ता गराउन पटकपटक काठमाडौं जाँदा ५० हजार भन्दा बढि पैसा सिधिसकेको बताएका छन्।

यस बारे मेनपावर व्यवसायी विन्देश्वर यादव संग कुरा गर्दा महतो संग पैसा नपुगेर जान नसकेको बताउँदै उनले मात्र १ लाख ६० हजार दिएको सो मध्ये २७ हजार फिर्ता लिएको बाँकी पृथ्वीले दिने भन्दै अन्य आरोपको खण्डन गरेका छन्।

 बैदेशिक रोजगारीमा मलेसिया लगायतका देशमा पठाउने भन्दै उनीहरूको समूहले आफ्नै जिल्ला रौतहट देखि बारा र सर्लाहीका दर्जनौं युवा संग लाखौं लाख रुपैयाँ असुलेका छन्। पैसा लिएर एक दुई हप्तामा विदेश पठाउने भन्दै ६ महिना भन्दा बढी समय देखि दर्जनौ युवालाई दौडाइ रहेका छन्। लामो समय दौडेर मात्र होइन एकजनाले तीन पटक सम्म मेडिकल गराएर पनी जानपाएका छैनन्। पीडितहरु सिनामंगल स्थित ईनको मैन पावर आरोहण ह्युमन रिसोर्समा गएर आफ्नो राहदानी र पैसा फिर्ता गर्न होहल्ला गरेपछि उनीहरुले बाउन्सर लगाएर पीडितलाई कुटपिट समेत गराउने गरेको पीडितहरुले गुनासाे गरेका छन्।

जिला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बैदेशिक रोजगारीमा पठाउने भनेर पैसा लिएर हैरान पारेको दलाल अथवा मेनपावर कम्पनी सञ्चालक माथि प्रमाणको आधारमा ठगी मुद्दा दर्ता गरी कार्वाही गर्ने चेतावनी दिएका छन्।

कोई पीडित छ भने आफू संग भएको प्रमाण सहित जिल्ला प्रहरी कार्यालयमा आएर उजुरी दिन एस्पी घिमिरेले अनुरोध गरेका छन्। सञ्जय मिश्रा 

प्रकाशित मिति:May 9, 2024