नेप्से परिसूचकमा सामान्य अंकको सुधार, ३ अर्ब १२ करोडको कारोबार

  Sampatti News Online

May 9, 2024

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार भएको छ । आज नेप्से परिसूचक ५.६३ अंक बढेर १९६६.२३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।  

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको ४९ हजार ३३२ पटकको कारोबारमा ३ अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरको ७० लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज कारोबार भएका कम्पनीमध्ये ११५ वटाको बढेको छ भने ११५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।            

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज ओरिएन्टल होटल्स लिमिटेडको शेयरमूल्य ८.४६ प्रतिशतले बढेर प्रतिकित्ता ७६९ रुपैयाँ पुगेको छ ।  

आज कुमारी सबल योजनाको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.४८ प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्स लिमिटेडको १६ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।             

प्रकाशित मिति:May 9, 2024