कस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर ?

  Sampatti News

May 10, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको डलरकाे दर अधिकतम १३३ रुपैया ३१ पैसा र बिक्री दर १३३ रुपैया ९१ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६९ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६६ रुपैयाँ ८३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ५५ पैसा र बिक्री दर १४७ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६७ पैसा र बिक्री दर ८८ रुपैयाँ ०७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ११ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५५पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५५ पैसा र बिक्री दर ८ रुपैयाँ ५९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४५ पैसा र बिक्री दर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।

प्रकाशित मिति:May 10, 2024