रौतहटमा तीनवटा चोरीको मोटरसाईकल सहित एकजना पक्राउ

  Sampatti News Online

May 10, 2024

रौतहट २८ बैशाख। चोरीको तीनवटा मोटरसाईकल सहित रौतहटमा एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ। राजदेवी नगरपालिका ८ का १९ बर्षीय विकास राय यादवलाई मोटरसाईकल सहित पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो।

उनको घरबाट प्रहरीले एकथान नेपाली र दुईथान भारतीय नम्बर प्लेटको मोटरसाईकल बरामद गरेको थियो। यादव माथी चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौर बाट म्याद थमाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। जिल्लाको बिभिन्न स्थानबाट दैनिकजसो मोटरसाईकल चोरीको घटना भईरहँदा प्रहरीले उसको निगरानी शुरु गरेको थियो। गत २४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विधिवत रूपमा आरोपी यादवको घरमा खानतलासी गर्दा बा २३ प ६२१ नम्बरको स्प्लेन्डर, विआर ०३० सी ९८११ र विआर ०६ विएक्स १११८ नम्बरको गरी तिनथान मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताईन।

आरोपी यादवले बरामद मोटरसाईकलको कागजपत्र उपलब्ध गराउन नसकेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पछिल्लो समय रौतहटमा मोटरसाईकल चोरीको घटनामा बृद्धि भएको छ। सञ्जय मिश्रा

प्रकाशित मिति:May 10, 2024