दुईजना एआईजीपीका सरुवा

  Sampatti News Online

May 10, 2024

काठमाडौं । सरकारले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) को सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मानवस्रोत विकास विभाग प्रमुखको जिम्मेवारीमा रहेका एआईजीपी टेकप्रसाद राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको हो ।

त्यसैगरी प्रदेश समन्वय विभागको प्रमुखको जिम्मेवारीमा रहेका एआईजीपी सुदिप गिरीको प्रशासन विभागमा सरुवा भएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

डीआईजीपी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बिहीबारको मन्त्रिपरिषद् बैठकले एआईजीपीमा एआईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति:May 10, 2024