ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, ३ जना घाइते

  Sampatti News

May 10, 2024

रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

आठबिसकोटदेखि जाजरकोटको रिम्ना तर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट-१४ स्थित जाजरकोट-डोल्पा सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

दुर्घटनामा आठबिसकोठ नगरपालिका – १४ पिपलचौरका २२ वर्षीय गाडी धनी तथा चालक विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि आचार्यको मृत्यु भएको हो।

ट्याक्टरको नम्बर खुलिसकेको छैन।

ट्याक्टर सडकदेखि झन्डै डेढ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण खुलिसकेको छैन ।

नाम थर नखुलेका अन्य तीन जनाको अवस्था गम्भीर छ।

उनीहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइ रहेको छ।

प्रकाशित मिति:May 10, 2024