सिन्दुरेघारीका पुर्व बिद्यार्थीहरुले यसरी मनाए पिकनिक तथा मित्र मिलन कार्यक्रम (फोटो फिचर)

  Sampatti News Online

May 12, 2024


काठमाण्डौँ ।
रौतहट जिल्लाको चन्द्रपुर–९ सिन्दुरेघारीको श्री जन जाग्रती माध्यमिक बिद्यालयमा अध्ययनरत पुर्व बिद्यार्थीहरुको पिकनिक तथा मित्र मिलन कार्यक्रम सम्पन्न भएको छ । शनिबार भक्तपुरको सुर्यबिनायक स्थित गणेश मन्दिरमा एक कार्यक्रमको आयोजना गरी आदरणीय गुरुहरुको विशेष उपस्थितिमा फरक संदेश प्रवाह गर्नेगरी भब्यताका साथ सम्पन्न गरेका हुन् ।
कार्यक्रम आयोजक समितीका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोबिन्दप्रसाद चौलागाईले संगै एउटै बिद्यालयमा पढेका साथीहरुसंग लामो समयपछि भेटघाटको अवसर जुरेको हुँदा ज्यादै खसी लागेको बताए । उनले कार्यक्रमको औचित्य तथा उदेश्यबारे प्रष्टपार्दे उनले भने– “हामीलाई बाल्यकाल देखि हातमा डोहोर्याएर अहिले यो ठाउँसम्म पुर्याउनुहुने गुरुहरुप्रति उच्च सम्मान छ । गुरुहरुले सिकाएर हामीलाई यहाँसम्म त पुगाउनु भयो अब हामीले आफैबाट समाज रुपान्तरणको लागि सत्कर्मसंग जोडिएर अगाडी बढ्नु आवश्यक छ ।”
कार्यक्रममा यस बिद्यालयका पुर्व बिद्यार्थीहको समुहले पुर्व शिक्षक तथा बिद्यार्थीलाई सम्मान गरेको छ । पुर्व शिक्षक ज्ञानप्रसाद चौलागाईं र नेत्रप्रसाद गौतम रहेका छन् भने पुर्व बिद्यार्थीहरुमा प्रतिनिधि सभा सदस्य माननीय देबप्रसाद तिमल्सिना, नेपाल सरकारका सहसचिव नवराज सापकोटा र यातायात कार्यालय भक्तपुरका कार्यलय प्रमुख दण्डबहादुर बस्नेतलाई सम्मानित गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव चौलागाईले फुलमाला, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेका थिए ।
कार्यक्रममा पुर्व शिक्षक चौलागाइले लामो समयपछि आफैले पढाएका बिद्यार्थीहरुलाई भेट्न पाउँदा ज्यादै खुसी लागेको बताए । “लामो समयपछी सबै जना एक ठाउँमा भेला भएर भेटघाट, सुख दुःखका कुराहरु एकअर्कामा साटासाट र अझै पनि केही सम्भावना र सन्दर्भका कुराहरु गर्न पाउनु ठुलो अवसर पनि हो । मैले तपाईहरुलाई पढाउदै गर्दा मैले आफुले पनि झन् बढी सिक्ने मौका पाएँको थिए । अब हामी सबै मिलेर सत्कर्मका कार्यमा जोडिएर अझ सभ्य समाज निर्माण गर्नमा जुट्ने छौँ ।” उनले भने ।
पुर्व शिक्षक नेत्रप्रसाद गौतमले यो कार्यक्रमले मनमा हर्ष बढेको बताए । आफु त्यहाँ शिक्षणमा हुँदा निम्न माध्यमिक तहसम्मको बिद्यालय रहेको र सो बिद्यालयलाई माध्यमिक तहसम्म पुगाउन आफ्नो निकै ठुलो भुमिका रहेको अनुभव सुनाए । “मैले त्यो बिद्यालयमा अध्यापन गराउदै गर्दा निम्न माध्यमिक तहबाट माध्यमिक तहमा प्रस्ताबित गर्ने बेलामा बि.सं. २०३९ सालमा शिक्षकको रुपमा गएको थिएँ ।” उनले भने
उनले आफुले सो बिद्यालयमा बिद्यालयको आर्थिक स्थिती कमजोर भएको बेलामा बिद्यालयको समस्यालाई मध्यनजर गर्दे करिब १ बर्षसम्म बिना तलब शिक्षण गरेको पनि बताए ।

सो बिद्यालयका पुर्व बिद्यार्थी समेत रहेका रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधी सभा सांसद देबप्रसाद तिमलसेनाले कार्यक्रमलाई सम्बोधन गर्दे अबका हरेक दिन बिशेष बनाएर सत्कर्ममा जोडिन आवह्वान गरे । “अब हामी सबैजना मिलेर हरेक काम गर्दा सत्कर्ममा जोडिएर गरौँ । म आफ्नो तर्फबाट हुने भरपुर साथ र सहयोग गर्न तयार छु ” उनले भने ।
पुर्व बिद्यार्थी तथा नेपाल सरकाकरका सहसचिव नवराज सापकोटाले बिद्यालयमा पढेको अनुभव सुनाउदै भने– “जन जाग्रती मा.बि लाई स्मरण गरीरहेको छु मलाई आज यो ठाउँसम्म पुर्याउनमा धेरै ठुलो भुमिका निर्वाह गरेको छ । हामीले पढ्ने बेलामा बिद्यालयको स्थिती भन्दा अहिले ज्यादै बिकास भएको भएपनि बिद्यालयलाई अझ बढी आवश्यक्ताको आधारमा सक्दो सहयोग गर्न तत्पर छु ।”
साथै, कार्यक्रममा पुर्व बिद्यार्थी नवराज सापकोटाले नवराज गौरा जेहेन्दार पुरस्कारको निम्ति ३ लाखको अक्षयकोष बिद्यालयको नाममा जम्मा गर्नेगरी घोषणा गरेका छन् । सो अक्षयकोष श्री जन जाग्रती मा.बि सिन्दुरेघारीको खातामा जम्मा हुने छ भने सो रकमको ब्याजबाट प्रत्येक बर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरु तथा गरीब जेहेन्दार बिद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने समेत बताएका छन् ।
सापकोटाका मातापिता यज्ञप्रसाद र दंण्डकुमारीको नाममा हालसालै सिन्दुरेघारी धर्मशालामा करिब रु ८० हजारको कार्पेटिङ समेत गरेका छन् । अहिले सो स्थानमा दैनिक योगा संञ्चालन भईरहेको छ ।
उनले बि.सं. २०४१ सालमा कक्षा १० पास गरी पढाईको सिलसिलामा गाउँबाट बाहिर निस्किएको पनि बताए ।
कार्यक्रममा बिद्यालयको अवस्था बारे र बिद्यार्थीहरुलाई अझै गुणस्तरीय शिक्षा प्रदान गर्न भाबि योजनाहरुको बारेमा सुझावहरु पनि टिपोट भएका छन् । उक्त सुझावहरुलाई बिद्यालय संञ्चालक समिती अध्यक्ष, प्रध्यानाध्यपकलाई आयोजक समितीका संयोजक गोबिन्दप्रसाद चौलागाई लगायतको टिमले बुझाउने बताईएको छ ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपालले आयोजना गरेको रौतहट जिल्लाको चाँदीखोला मर्दर सिन्दुरेघारीबाट पहिलो पटक अभियानको रुपमा सुरु भएको “जन्मदिनलाई सत्कर्ममा जोडौँ“ अभियानलाई एक्यवद्धता जनाउदै पुर्व शिक्षक बिद्यार्थीहरुको समूहले आफ्नो जन्मदिन सम्झेर सुर्यबिनायक गणेशमन्दिर परिसरमा कपुर, तुलसी, ओखर, चन्दन, सुन्तला, अम्बा, अमला, कागती र विभिन्न जातका फुल समेत गरि ५० वटा बिरुवा रोपेका थिए ।
साथै, कार्यक्रममा दिवंगत पुर्व शिक्षकहरु मेघराज कोईराला, रामकुमार कोईराला, बटुककृष्ण अर्याल, रमेशप्रसाद चौलागाई, कृष्ण दुलाल र बिद्यार्थीहरु जानुका लामिछाने चौलागाई, राजकुमार श्रेष्ठ लगायतका निधन भएका बिद्यार्थीहरुको सम्झनामा चिरशान्तिको कामना गर्दे १ मिनेट मौनधारण गरी कार्यक्रमको सुर्वात गरिएको थियो ।

कार्यक्रममा म्युजिकल चेयर गेममा प्रथम हुने छात्रातर्फ उषा दाहाल, द्धितीय हुने रञ्जना तिमलसेना र छात्रतर्फ प्रथम हुने कृष्ण केसी, द्धितीय हुने उमेश चौलागाईलाई रौतहट क्षेत्र नम्बर ४ का माननिय देबप्रसाद तिमलसेनाले पुरस्कार दिएका थिए । बनभोज कार्यक्रममा साँस्कृतिक कार्यक्रमको संञ्चालन श्याम सापकोटाले गरेका थिए भने कार्यक्रमको बिधिवत उद्घोसकको रुपमा उदय मास्के रहेका थिए । कार्यक्रम टिपोटको संयोजन निर्मल नेपालले गरेका थिए । सो टिममा डा.मनोज चौधरी, मिरा दाहाल, मिना पोखरेल, बिष्णु बिश्वकर्मा, दिपक चौलागाई, दिपु अर्याल, बिकु लामा लगायत टिपोट समितीमा रहेका थिए । कार्यक्रममा झण्डै डेढ सय जनाको संङ्ख्यामा सहभागिता रहेको पुर्व बिद्यार्थी कमल श्रेष्ठले सम्पत्ति न्यूजलाई बताए ।

यो कार्यक्रमले पुर्व शिक्षक तथा बिद्यार्थीहरुलाई गहकिला र अगामी यात्रामा स्मरणयोग्य रहने सुझाव ग्रहण गर्ने अवसर मिलेको छ ।

प्रकाशित मिति:May 12, 2024