बेलायतमा जुलाई ४ मा आमचुनावको घोषणा

  Sampatti News

May 23, 2024

एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमचुनाव गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले स्वीकृत गरेको भन्दै आउँदो जुलाई ४ मा आमचुनावको घोषणा गर्नुभएको हो । बेलायतमा अब अर्को हप्ता संसद विघटन हुँदैछ । त्यसपछि निर्वाचन प्रक्रिया शुरु हुने बेलायती सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।

बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेर विश्वासको मत मागिरहेका बेला उहाँले चुनावको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । संसदको पहिलो बैठक बसेको पाँचौँ वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति:May 23, 2024