फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

  Sampatti News Online

June 3, 2024

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई बालुवाटारको रोयल अम्पायर होटेल परिसरबाट पक्राउ गरिएको जनाइएको छ । त्यही ठाउँमा उनी निर्देशित फिल्म ‘रावायण’को दोस्रो चरणको छायाङ्कन सुरु हुने क्रममा थियो ।

आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।

आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद-२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएको बुझिएको छ।

प्रकाशित मिति:June 3, 2024