सिटिजन्स बैंकका डेपुटी सीइओ काफ्लेको निधन

  Sampatti News Online

June 4, 2024

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ प्रकाश कुमार काफ्लेको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । बैंकका एक उच्च अधिकारीले उनको निधनको खबर पुष्टी गरेका छन् ।

एक कार्यक्रमका लागि उनीसहित बैंकको सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको थियो । काफ्लेको श्रीलंकामै निधन भएको हो । बिफिनको कार्यक्रमका लागि सिटिजन्स बैंकको उच्च व्यवस्थापनसहितको टोली पनि श्रीलंका गएको थियो । श्रीलंकाबाट फर्किनुपूर्व नै उनको निधन भएको हो । उनी बिफिनको कार्यक्रमका लागि बिफिनका सदस्य संस्थाका प्रतिनिधिहरु श्रीलंका पुगेका थिए ।

काफ्ले सिटिजन्स बैंकका राम्रा कर्मचारीमध्येका एक मानिन्थे । हृदयघात भएपछि उनलाई श्रीलंकाकै एक अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

उनको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया अगाडी बढाइएको छ ।

प्रकाशित मिति:June 4, 2024