सुन-चाँदीको मूल्य घट्यो

  Sampatti News Online

June 5, 2024

काठमाण्डौँ । सुन-चाँदीको मूल्य आज घटेर कारोबार भएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँ घटेर कारोबार भएको भइरहेको हो ।

छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:June 5, 2024