सुनको भाउले नयाँ रेकर्ड कायम गर्यो

  Sampatti News Online

June 6, 2024


काठमाण्डौ ।
सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको भाउ एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:June 6, 2024