ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

  Sampatti News Online

June 9, 2024

काठमाडौँ । स्थानीय बजारमा सुनकाे मूल्य ह्वात्तै घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला चार हजार रुपैयाँ घटेर कारोबार भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य एक लाख ४५ हजार रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ घटेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:June 9, 2024