प्रधानमन्त्री प्रचण्ड भारत जाँदै, प्रचण्डलाई भेट्न ओली बालुवाटार

  Sampatti News

June 9, 2024

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
अध्यक्ष ओली आइतबार केही बेर अगाडि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणबारे छलफल गरिरहेका छन्
भारतमा तेस्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ आज अपरान्ह भारत भ्रमण जाने तयारी गरिरहेका छन् ।
भारत भ्रमणमा प्रधानमन्त्री ‘प्रचण्ड’ सँगै उनकी छोरी गंङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायतको टोली जाँदैछ ।

प्रकाशित मिति:June 9, 2024