‘२३ औँ सशस्त्र प्रहरी दिवस’ को उपलक्ष्यमा शौचालय हस्तान्तरण

  Sampatti News Online

June 10, 2024


काठमाण्डौँ । सशस्त्र प्रहरी बल नेपालको ‘२३ औँ सशस्त्र प्रहरी दिवस’ को उपलक्ष्यमा सार्वजनिक शौचालय हस्तान्त्रण गरिएको छ ।
धादिङ जिल्लाको गजुरी गाउँपालिका–६ जरेखेतमा (Quick impact project) अन्तर्गत त्यहाँका सर्वसाधारण जनताको लागि सहज होस् भन्ने उदेश्यले कुल १८ लाख रुपैयाँमा निर्माण सम्पन्न गरीएको ८ कोठे सार्वजनिक शौचालय हस्तान्तरण गरीएको हो ।
बगमती प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशठाडा मगरले गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई समुदउद्घाटन सहित सोमबार हस्तान्तरण गरेका हुन् ।
शौचालय निर्माणमा स्थानियतह, ब्यापारी, समाजसेबी बुद्धिजीबि लगायत स्थानियहरुले निर्माण सामग्रीका साथै प्रत्यक्ष रुपमा सहयोग गरेका थिए ।
पछिल्लो समयमा सशस्त्र प्रहरी लगायत सुरक्षा निकायले सामाजिक बिकास निर्माणमा ठूलो योगदान पुर्याउदै आएका छन् । बागमती प्रदेशमा ठाडा मगर आए सगै नयाँ–नयाँ जनस्तरबाट अपेक्षित काम गर्न सफलता मिल्दै आएको सम्पत्ति न्युजलाइ चितवनका वरिष्ठ कानुन व्यावसायि रामकृष्ण अधिकारीले बताए ।

प्रकाशित मिति:June 10, 2024