June 10, 2024
काठमाडौँ । सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
रामजानकी दलित आधारभूत विद्यालयको भवन निर्माण गर्दा १४ लाख ५१ हजार ५५१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूलाई अख्तियारले सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा नवराजपुर गाउँपालिकाका तत्कालीन उपाध्यक्ष शोभा कुमारी यादव, योजना शाखाका प्रमुख रमेशकुमार निधि, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह, सव(इन्जिनियर सन्तोषकुमार यादव, जिन्सी प्रमुख सञ्जय प्रसाद यादव, उपभोक्त समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल, सचिव रामभरोस मुखिया मलाह रहेका छन् ।
प्रकाशित मिति:June 10, 2024
February 16, 2025
February 15, 2025
February 14, 2025