‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानः अख्तियारका सचिबदेखि चर्चित कलाकारसम्मले अभियानमा एक्यवद्धता जनाउदै बिरुवा रोपे

  Sampatti News Online

June 17, 2024

काठमाण्डौँ । पशुपतीनाथ मन्दिरको मृगस्थलीमा आज सोमबार बृहत बृक्षरोपण गरिएको छ । धार्मिक एवं पर्यटकीय स्थल पशुपतिनाथ मन्दिरको मृगस्थली श्लेषमानतक बनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालको प्रमुख आथित्यतामा वृक्षारोपण कार्यक्रम भएको हो । कार्यक्रममा सचिव दंगालले नेपालकै नयाँ र पहिलो अभियानमा सामेल हुने अवसर पाएकोमा खुसी व्यक्त गरे ।
उनले जन्मदिनलाई भड्किलो नबनाई बिदेशी रितिरीवाजलाई भित्रिन नदिन बिश्वभर नै यो अभियान पु¥याउनुपर्ने आवश्यकता रहेको तर्क गरे । यो सकारात्मक सोच समाजमा रहेका विभिन्न वर्ग तथा समुदायका व्यक्तिमा पु¥याउनुपर्ने छ’, उनले भने, ‘सबै नेपालीको जन्मदिनमा एउटा बिरुवा रोप्यो भने मात्र पनि वातावरण स्वच्छ हुने छ । यो अभियान विश्वसामु फैलिनु पर्छ ।’ समाजका अगुवाहरूले र सबैले आ–आफ्नो तर्फबाट जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाई छ ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित रौतहटबाट सुरुवात गरिएको कुनै ब्यक्ति तथा संघसंस्थाबाट कुनै प्रकारको सहयोग नलिएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर रुद्राक्ष, पिपल, चन्दनलगायतका बिरुवा रोपण गरिएको अभियानका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष गोविन्दप्रसाद चौलागाईले बताए । उनले अभियानलाई विश्वभर फैलाउन हरेक संघसंस्थाका कर्मचारी, कलाकार, पत्रकार तथा समाजका अगुवा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरे ।
बृक्षारोपण अभियानमा उपस्थित बरिष्ठ मुटुरोग बिषेशज्ञ डा. भगवान कोईरालाले काठमाडौँमा मात्र नभई यो अभियान देशभर नै केही हदसम्म फैलिएको र अझै पनि सरोकारवाला सबै लागि पर्नुपर्ने तथा आफ्नो जन्मदिनलाई भब्य रुपमा सत्कर्म गरी मनाउन आवश्यक रहेको बताए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक रबिन्द्र बोहोरा, नेपाल सरकारका सहसचिव चुडाराज ढकाल, बैंकर्सका प्रतिनिधी यज्ञप्रकाश न्यौपाने, राष्ट्रिय उपभोक्ता हित संघिय नेपालका अध्यक्ष प्रेमलाल महर्जन, पुर्व मिस नेपाल सुगारिका केसी, बिश्व हिन्दु महासंघकी अध्यक्ष अस्मिता भण्डारी, समाजसेबी बिराट मैनाली, राष्ट्रसेवक नवराज अधिकारी, दुध बिकास संस्थान बालाजु आयोजना प्रमुख गणेश यादव, काठमाण्डौँ जिल्ला प्रमुख बन अधिकृत पुष्पराज बर्तोला, बन अधिकृत क्षेत्रबिक्रम खाँण, पशुपति बिकास कोषका प्रमुख प्रशासकिय अधिकृत सिताराम रिसाल लगायतले यो अभियानमा उपस्थित भएर बिरुवा रोपण गर्न पाउँदा खुसी लागेको बताए ।
प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाले सो अभियानले समाजमा सहयोगी भावना उत्पन्न गराउने बताए । साथै, नेपाल प्रहरीको तर्फबाट पनि सो अभियानमा एक्यवद्धता जनाएर आफ्नो संगठनमा रहेका प्रहरीहरुको जन्मदिनमा बृक्षरोपण गरी सत्कर्ममा जोड्ने पनि प्रतिबद्धता जनाए ।
यस्तै, कार्यक्रममा अभिनेत्री तथा निर्मात्री पूजा शर्माले यो अभियानले जन्मदिन तथा अन्य शुभकार्यमा पनि समाजिक सद्भाव कायम राख्ने बताईन् । उनले भनिन्,–‘यो अभियानमा जोडिन पाउँदा ज्याँदै खुसी छु । मैले अन्य कार्यक्रम गरी बृक्षरोपण गरेपनि यो अभियानसंग जोडिएर पहिलो पटक आज बृक्ष रोपेँ । अब म आफ्ना हरेक जन्मदिन बृक्षरोपण लगायत अन्य सत्कर्म गरी मनाउँछु र यहीँ प्रेरणा बाड्न चाहान्छु ।’
अभिनेत्री रजनी केसी, मोडल तथा अभिनेता कुन्साङ बम्जन, चलचित्र पत्रकार, निर्देशक तथा निर्माता लक्ष्मण सुवेदी लगायतले पनि आ–आफ्नो तर्फबाट कलाको क्षेत्रबाट पनि यो अभियानलाई थप सार्थक बनाउन अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा धर्मेन्द्र झा, सन्जिब झा, सिद्धान्त झा, श्याम सापकोटा, भिमप्रसाद सापकोटा र सुमन धिताल चौलागाईले जन्मदिनको उपलक्ष्यमा बृक्षरोपण गरेका थिए भने कार्यक्रममा उपस्थित झण्डै डेढ सय जनाले जन्मदिन परेकाहरुलाई साथ दिदैआफ्नो जन्मदिन सम्झिएर बृक्षरोपण गरेका थिए ।
पछिल्लो समयमा यो अभियानले राष्ट्रिय अभियानको रुप लिएसँगै बिभिन्न क्षेत्रहरुबाट पनि यो अभियानमा एक्यवद्धता जनाउने ब्यक्तिहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । असार ६ गते तार्केश्वर नगरपालिकामा पनि बृहत बृक्षरोपण कार्यक्रमको आयोजना गरिने पनि आयोजक संस्थाका अध्यक्ष चौलागाईले यही कार्यक्रम मार्फत जानकारी गराएका छन् ।

जन्मदिलाई सत्कर्ममा जोडौँ अभियानमा एक्यवद्धता जनाउदै प्रमुख अतिथी रहनुभएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालले आफ्नो जन्मदिनकाे स्मरणमा पशुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिलाई सत्कर्ममा जोडौँ अभियानमा एक्यवद्धता जनाउदै बरिष्ठ मुटुरोग बिषेशज्ञ डा.भगवान कोईराला आफ्नो जन्मदिनकाे स्मरणमा पशुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो जन्मदिनकाे स्मरणमा बृक्षरोपण गर्दे
‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आफ्नो जन्मदिन स्मरण गरी पशुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापा
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै बैंकर्स एवम् कृषि बिकास बैंकका उपमहा प्रवन्धक यज्ञप्रकाश न्यौपानेले आफ्नो जन्मदिनकाे स्मरणमा पशुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले आफ्नो जन्मदिनकाे स्मरणमा पशुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आफ्नो जन्मदिनको उपल्क्ष्यमा पशुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे सन्जिब झा
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आफ्नो जन्मोत्सवमा पशुपतिनाथ मन्दिरको मृगस्थलीमा चौबिसै घण्टा अक्सिजन दिने पिपलको बृक्ष रोप्दै राष्ट्रसेवक धर्मेन्द्र झा
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै पुर्व मिस नेपाल सुगारिका केसीले आफ्नो जन्मदिन स्मरण गरी अभियानमा एक्यवद्धता जनाउदै शुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै अभिनेत्री, निर्मात्री पूजा शर्मा र मोडल, अभिनेता कुन्साङ बम्जन आफ्नो जन्मदिनकाे स्मरणमा शुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै अभिनेत्री रजनी केसीले आफ्नो जन्मदिनकाे स्मरणमा शुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै बिश्व हिन्दु महासंघकी राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले अभियानमा एक्यवद्धता जनाउदै शुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आफ्नो जन्मदिनको उपल्क्ष्यमा शुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे आमाको साथमा सिद्धान्त झा

प्रकाशित मिति:June 17, 2024