July 10, 2024
काठमाडौं । आज पनि देशका धेरै स्थानमा अभिरल वर्षा भइरहेको छ । यहि वर्षातका कारण बाढी पहिरोको खतरा हुने गर्दछ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले विभिन्न जिल्ला उच्च जोखिममा रहेको बताएको छ।
कोशी प्रदेशका अधिकांश जिल्ला इलाम, झापा, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटमा आकास्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। यी
जिल्लाका नदी तटीय क्षेत्रमा जाँदा उच्च सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति:July 10, 2024