२८ गते पछि मात्र मन्त्रालय र मन्त्रीको टुङ्गो लाग्छः केपी ओली

  Sampatti News 2024

July 10, 2024

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर व्यापक चर्चा भए पनि अहिले नै त्यसबारे चर्चा गर्नु हतारो हुने बताएका छन् । आज बसेको पार्टीको सचिवालय बैठकमा उनले असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने भन्दै त्यसबारे चर्चा गर्न हतार गर्नु नहुने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिदैछन् । उनले विश्वासको मत नपाए नयाँ सरकार गठन हुनेछ ।

दाहालले विश्वसको मत नपाए एमाले–कांग्रेसको सहमति अनुसार ओली प्रधानमन्त्री बन्दै छन् ।

प्रकाशित मिति:July 10, 2024