साताको पहिलो दिन पशुपतिको दर्शन गरेर आजको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गर्नुहुनेछ

  Sampatti News

September 6, 2020

वि.सं.२०७७ भदौ– २१,आइतवार, ई.सं.२०२० – ६,शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलगा,प्रमादी,दक्षिणायन,वर्षा,आश्विन कृष्णपक्ष तिथि–चतुर्थी , १६ः२७ बजे उप्रान्त पञ्चमी,नक्षत्र–अश्विनी , २८ः०१ बजे उप्रान्त भरणी,योग–वृद्धि , १५ः४२ बजे उप्रान्त ध्रुव,करण(वालव १६ः२७ बजेदेखि कौलव , २९ः२८ बजे उप्रान्त गर,चन्द्रराशि–मेष,आनन्दादि योग–आनन्द,सूर्योदय–५ः४५,सूर्यास्त–१८ः१७,दिनमान–३१ घडी १९ पला,चतुर्थी श्राद्ध। इन्द्रध्वज पातन। नानिचाया। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,सानातिना कामको झमेला आउनसक्छ , आजको शुभ अंक ६ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आर्थिक समस्या पर्ने छ,
आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,सानातिना कामको झमेला आउनसक्छ,लेनदेन आदिमा फाइदा हुनेछ,आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,शुभ कुराको सङ्केत मिल्नेछ,चोटपटकको सम्भावना छ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,आजको शुभ अंक ५ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आफन्त बाट धोका हुन् सक्छ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,पारीवारिक सहयोग बढ्ने छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक १० रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,साझपख सुधार हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,परिवारमा खुशीको खबर प्राप्त हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

प्रकाशित मिति:September 6, 2020