सोमबार शिवको दर्शन गर्नुस्, दिन शुभ रहने छः भदौ २९ गते सोमबारको राशिफल

  Sampatti News

September 14, 2020

वि.सं.२०७७ भदौ–२९,सोमवार,ई.सं.२०२०,september – १४, शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि –द्वादशी , २२ः०२ बजे उप्रान्त त्रयोदशी,नक्षत्र–तिष्य , १३ः२४ बजे उप्रान्त अश्लेषा,योग–परिघ , १२ः३२ बजे उप्रान्त शिव,करण–कौलव १०ः३३ बजेदेखि तैतिल , २२ः०२ बजे उप्रान्त भद्रा,चन्द्रराशि(कर्कट,आनन्दादि योग–धाता, सूर्योदय–५ः४९, सूर्यास्त–१८ः०८दिनमान–३० घडी ४७ पला,द्वादशी श्राद्ध। बालदिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,यात्रा घातक बन्न सक्छ, आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,आफन्त बाट धोका हुन् सक्छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,लामो दूरीको यात्रा नगर्नुहोला,प्रेम सफल हुनेछ , आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

धार्मिक कार्यमा मन लाग्नेछ ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,व्यापारमा हानी हुने योग छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक १ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

शत्रु सक्रिय हुनेछन्,आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,व्यापारमा फाइदा हुने देखिन्छ ,बोलीको प्रभाव बढ्ला , आजको शुभ अंक ६ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, आजको शुभ अंक ७ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,सानातिना कामको झमेला आउनसक्छ,राजनीतिमा शुभ देखिन्छ , आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

जागिरमा पदोन्नतिको हुने सम्भावना छ ,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

परिवारमा शान्ति हुनेछ,अध्ययनमा सुधार सफल भइनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,बोलीको अनर्थ लाग्न सक्छ, आजको शुभ अंक २ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,खानेकुरा मा विचार पुराउनु होला, घरायासी कलह बढ्ने योग छ , आजको शुभ अंक ३ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,प्रतिस्पर्धीहरू पछि पर्नेछन्, आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,शत्रु हरु पनि मित्र बन्न सक्छन,लेनदेन आदिमा फाइदा हुनेछ,लेनदेन मा विवाद हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

प्रकाशित मिति:September 14, 2020