राजधानी दैनिकका सम्पादक पण्डितसहित १६ जना पत्रकारलाई प्रवल जनसेवा श्री पदक

  Sampatti News

September 20, 2020

काठमाडौँ । राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई सरकारले संविधान दिवसको अवसरमा प्रवल जनसेवा श्री (चतुर्थ) सहित १६ जना पत्रकारले पदक पाउने भएका हुन।

सम्पादक पडितसँगै यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र २ जना सन्चारकर्मीसमेत छन् ।
सरकारले यो वर्ष सम्पादक अन्‍नपूर्ण पोस्‍ट्‍, राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी (गोविन्द)सहित ‘प्रवल जनसेवा श्री’ मानपदवी पत्रकार शुभशंकर कँडेल, डा.राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर र चिरञ्जीवी मास्केलाई प्रदान गर्ने निर्णय गरेको हो।
त्यसैगरी ‘जनसेवा श्री पञ्च’ पाउने सञ्चारकर्मीमा कृष्णचन्द्र (केसी) लामिछाने, टीका विष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन चौधरी, हरिनारायण गौतम, मोहन बस्नेत, गिरुप्रसाद भण्डारी र तेजदत्त खकुराल रहेका छन्।
सरकारले सार्वजनिक गरेको सूची अनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण गरिने छ ।

प्रकाशित मिति:September 20, 2020