आइतबार थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

September 20, 2020

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ९ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ।

प्रकाशित मिति:September 20, 2020