संञ्चार सचिव वस्याल समक्ष पत्रकारहरुका मुद्दाहरुमा ध्यानाकर्षण

  Sampatti News

October 1, 2020

काठमाडौँ । सूचना तथा प्रबिधि मन्त्रालयका सचिव हरिप्रसाद वस्याल समक्ष नेपाल पत्रकार महासंघका तर्फबाट साना लगानीका सञ्चारमाध्यम हकहित प्रबर्द्धन समितिका संयोजक गोविन्दप्रसाद चौलागाईले समग्र सञ्चार क्षेत्रका समस्याका बारेमा अवगत गराउँदै कोभिड–१९ को मारमा परेका संचारकर्मिहरु लगायत संचार माध्यमहरुका विषयमा ध्यानाकर्षण गराउनु भयो।

मन्त्रालयमा भएको छलफल र ध्यानाकर्षण कार्याक्रममा जिल्ला हुलाक कार्यालयबाट प्रेस पास नविकरण र नयाँ प्रेस पास जारी गराइदिन ,मिडियाहाउसहरुमा तोकिएको पारिश्रमिक पाए नपाएको मन्त्रालय तहबाट समेत अनुगमन गरिदिन ,अनलाइनलाई वर्गिकरणका आधारमा विज्ञापनको व्यावस्था मिलाइदिन, मोफसलका पत्रिकाहरुले स्थानीय तहका टेन्डर विज्ञापन प्रकाशन गर्न खरिद ऐन परिमार्जनका लागि पहल गरिदिन, लोककल्याणकारी विज्ञापनका भुक्तानी समायमा गरिदिन,स्थानीय तहमा समानुपातिक ढंगले विज्ञापनको मापदण्ड मिलाईदिन, साना लगानीका सञ्चार माध्यम अत्यन्तै कठिन अबस्थामा रहेकाले प्रर्वद्धन गर्ने नीति बनाइदिन मन्त्रालयले विशेष भूमिका खेलिदिन समेत चौलागाईले सचिव वस्याल समक्ष आग्रह गरे । सूचना तथा प्रशासन विभागका महानिर्देशक किरणराज शर्मा राजधानी दैनीकका सम्पादक एवं वरिष्ठ पत्रकार सागर पण्डित समेतले कार्यक्रममा सहभागिता जनाइ आफ्नो धारणा राख्नु भएको थियो ।

प्रकाशित मिति:October 1, 2020