महिलालाई बन्धक बनाई हत्या गर्ने माझी पक्राउ

  Sampatti News

October 6, 2020

काठमाडौ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका सिन्धुपाल्चोक, ईन्द्रावती गा.पा.–११, बडगाउँ घर भई हाल जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका–१४, नयाँबस्ती, गैरीटोल बस्ने विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका छन् ।

माझि डेढ बर्ष अगाडि जिल्ला काठमाण्डौं, कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटार स्थित रमेश श्रेष्ठको अस्थायी टहरामा सिन्धुपाल्चोक कर्थली–३ स्थायी घर भई काठमाडौँको जोरपाटी नयाँबस्ती बस्ने बर्ष–३६ की पम्फा श्रेष्ठलाई बन्धक बनाई राखेर मारे पछि भागेका थिए ।

उनलाई महानगरीय अपराध महाशाखा, मीनभवनबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१४, नयाँ बस्तीबाट डेढ बर्ष पछि पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा निज विनय माझीले मृतक पम्फा श्रेष्ठलाई विभिन्न बहाना गरी निजको डेराकोठामा लगी मिति २०७६–०१–३० गते देखी जबरजस्ती बन्धक बनाई मात्र राखेनन हत्या गरी कोठा बाहिरबाट ताला लगाई फरार भएका थिए ।

मिति २०७६–०२–०५ गते स्थानिय व्यक्तिहरूले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी अनुसन्धान टोलीले ताला फोडी हेर्दा पम्फालाई मृत अवस्थामा खाटमा फेला पारेको थियो । घटनामा संलग्न माझी घटना पश्चात् फरार रहेकोमा असोज १९ गते पक्राउ परेका हुन ।

निज विनय माझीले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता निकालेको पाइएकोले सो सम्बन्धमा समेत अनुसन्धान जारी रहेकोभएपनि थप आवश्यक अनुसन्धान कार्यको लागी निज विनय श्रेष्ठ भन्ने विनय माझीलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वर थुनामा पठाइएको बताइएको छ।

प्रकाशित मिति:October 6, 2020