एनआईसी एशिया बैंकद्वारा शर्माका परिवारलाई १० लाख दुर्घटना बीमा रकम भुक्तानी

  Sampatti News

October 8, 2020

काठमाडौँ । एन आई सी एशिया बैंकले नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको परिवारलाई दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत रहेर दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । शर्माले बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका थिए ।

उनको दुर्घटना पश्चात् मृत्युभएपछि उनकी श्रीमती सुनिता देवि शर्मालाई उक्त रकम भुक्तानी गरिएको हो । निजलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरेको हो ।

हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले अतुलनीय बीमा सुविधा प्रदान गर्दै आएको छ । अतुलनीय फाइदाले भरिपूर्ण यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहक महानुभावहरूले पाउन सकिने छ र सो सुविधाबाट ग्राहक महानुभावहरूलाई साच्चिकै फाइदा पुग्ने गरेको छ । यस्ता अनुपम तथा अतुलनीय सुविधाहरू भएका कारणले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजना ग्राहकहरू समक्ष निकै नै लोकप्रिय बनेको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बचत खातामा नै बीमा सुविधा ग्राहक महानुभावहरूमाझ ल्याउदै आएको छ । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका २४६ जना भन्दा बढी ग्राहकहरूलाई बीमा वापतको रू.१ करोड ९४ लाख भन्दा बढी रकम दिएको बैंकको दाबी छ ।

साथै न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइनमार्फत खोल्न सक्ने समेत बैंकले व्यवस्था गरेको छ । यसअन्तर्गत निःशुल्क डेबिट÷क्रेडिट कार्ड, निःशुल्क मोबाइल÷इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउट लगायत सेवाको लिन सकिने छ ।

हाल बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:October 8, 2020