छुट्टा छुट्टै स्थानमा जबरजस्ती गरेको अभियोगमा २ जना पक्राउ

  Sampatti News

October 8, 2020

काठमाडौं । ताप्लेजुङ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका–३ बस्ने संखुवासभा चैनपुर नगरपालिका–१ घर भएका ३१ वर्षीय दावा शेर्पालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै धनुषा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनियाँ भंगाहा बस्ने २४ वर्षीय दिपक कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । दिपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:October 8, 2020