१८ दिन लकडाउन गर्ने तयारीमा सरकार? ठिक की बेठिक ?

  Sampatti News

October 8, 2020

सरकारले १८ दिन लकडाउन गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेको अवस्थामा लकडाउन गर्न सिफारिस गरेको छ । सोही अनुसार कोरोना रोकथाम तथा नि’यन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी तयार गरेको हो ।समितिको बैठकले बढिमा १८ दिन लकडाउन गर्नेगरी मोडालिटी तयार पारेको हो । मुख्यसचिव नेतृत्वको कार्यदलले मोडालिटी तयार पारेको जनाइएको छ ।

यद्यपी कहिलेदेखि मोडालिटी अनुसार लकडाउन गर्ने भन्ने टुङ्गो लागेको छैन् । ‘स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भनेका कारण त्यसको पेरिफेरीमा पुगेपछि मोडालिटीको विषयमा थप छलफल होला’ स्रोतले भन्यो । लकडाउन मोडालिटीमा दशैं चाड मनाउन जाने र फर्किने तथा टिका थाप्न जानेलाई कसरी नि’यन्त्रण गर्ने भन्ने विषयलाई जोड दिने भनिएको जनाइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो विषयमा कसरी सहजता ल्याउन सकिन्छ भनेर खोज्न निर्देशन दिईसकेका छन् ।

प्रकाशित मिति:October 8, 2020