रुपन्देहीमा कोरोनाबाट वृद्धको मृत्यु

  Sampatti News

October 8, 2020

काठमाडौँ । यहाँस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजनाको कोरोना भाइरस सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

ती वृद्धमा मधुमेह, दम, ज्वरो र उच्च रक्तचापको समस्या रहेको जनाइएको छ । उनीको बुधबार कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति:October 8, 2020