सल्यान र सुनसरीमा २ जना मृत्य अवस्थामा फेला

  Sampatti News

October 9, 2020

काठमाडौं । सल्यान, बनगार कुपिण्डे नगरपालिका–१ रातीखडास्थित भेरी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, ईटहरी उपमहानगरपालिका–२० धनपुरीस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:October 9, 2020