प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल,परराष्ट्र सल्लाहकार भट्टराई, प्रेस सल्लाहकार थापा कोरोना मुक्त

  Sampatti News

October 9, 2020

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । उहाँहरु संक्रमण मुक्ता भएको कुरा आफैले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको हो ।

बिहीबार पिसीआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरुलाई गत असोज १७ गते कोरोना संक्रमण भएको थियो । थापाले परिवारका सदस्यको कन्ट्रयाक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको बताउनुभएको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले आफू कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिनुहुँदै सामाजिक सञ्जालमा लेख्नुभएको छ, मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो । सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार । ’ संक्रमणपछि आफूलाई देखिएका लक्षण र उपचारको सन्दर्भमा अपनाइएको विधिबारे पनि जानकारी दिनुभएका रिमालले अरुलाई पनि यसबाट सचेत रहन सुझाउनु भएको छ ।

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई र प्रेस सल्लाहकार म सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । हाम्रो परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ नै आएको छ । हामीले कोरोना संक्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छौं । हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौं ।’

प्रकाशित मिति:October 9, 2020