सहायक रजिस्टार पन्थीलाई ४ महिना कैद

उनलाई दोषी ठहर गर्दै चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

  Sampatti News

October 11, 2020

विशेष अदालतले कम्पनी रजिस्ट्रारको कार्यालयकी सहायक रजिस्ट्रार गीताकुमारी पन्थीलाई ४ महिना कैद हुने भएको छ । उनलाई दोषी ठहर गर्दै चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
काठमाडौँको एक निजी स्कुलका सञ्चालक कर तिर्न जाँदा कर घटाइदिने भन्दै उनले त्यसबापत एक लाख रुपैयाँ घुस लिएकी थिइन् । सो पैसा बैंकमा जम्मा गर्न जाने क्रममा उनी पक्राउ परेकी थिइन् । पैसा उनको छोरीको साथबाट बरामद भएको थियो ।
२३ माघ ०७५ मा पन्थीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति:October 11, 2020