प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १४ कर्मचारीमा स‌ंक्रमण पुष्टि

  Sampatti News

October 11, 2020

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहतका निकायमा कार्यरत करिब २ सय ४० जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा कार्यालयका एक उपसचिवसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कार्यालयबाट प्रदान गरिने सेवा प्रभावित बनेको छ ।

त्यस्तै कोरोना देखिएकासँगै प्रत्यक्ष सम्पर्कमा रहेका अन्य २० जना समेत हाल क्वारेन्टाइनमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रशासन महाशाखाका सहसचिव शंकर नेपालले जानकारी दिए । पोजेटिभ देखिएकाहरू अधिकांश कार्यालयका सुब्बा, खरिदार, कार्यालय सहयोगी र चालकहरू रहेका छन् । धेरैजसो कर्मचारीमा कोरोना देखिएपछि कार्यालयको काम सम्पादनमा समस्या नआओस् भनेर जुम, वेविनार जस्ता प्रविधि अपनाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:October 11, 2020