प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकाल विरुद्ध सर्वाेच्वमा मुद्दा दायर

  Sampatti News

November 2, 2020

प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अवहेलनाको मुद्धा दायर भएको छ । प्रधानमन्त्री आली र स्वास्थ्य मन्त्री ढकालले अदालतको अवहेलना गरेको भन्दै कैद सजायको माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको हो । निवेदनमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने माग उल्लेख गरिएको छ ।

कोभिड १९ को उपचार निशुल्क गर्नु भन्ने सर्वोच्चको परमादेशको उल्लङ्घन गरेको भन्दै ओली र ढकाल विरुद्ध कारबाही गर्न माग गरिएको हो ।

अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसीले आज अदालतमा निवेदन दर्ता गरेका हुन् । तर अदालतमा औपचारीक रुपमा मुद्दा भने दर्ता भएको छैन ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले अवहेलना मुद्दा सर्वोच्चमा औपचारिक रुपमा दर्ता नभएको बताए ।

यसअघिको मुल मुद्दामा स्वास्थ्य मन्त्रालयलाई मात्र विपक्षी बनाइएको र यसपटक प्रधानमन्त्रीलाई समेत थप गरेर ल्याएका कारण अदालतले औपचारिक दर्ता गर्न नमानेको र सच्चाएर ल्याउन भनिएको सर्वोच्च स्रोतले जनायो ।

अधिवक्ता ओलीले भने मूल दर्तामा अवहेलना मुद्दा दर्ता भएको बताए ।

प्रकाशित मिति:November 2, 2020