पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा संक्रमण पुष्टि

  Sampatti News

November 2, 2020

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टाभित्र २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै अवधिमा ३ हजार १ सय ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको मन्त्रालयले जनाएको छ। यता कोरोनालाई जित्नेको संख्या पनि एक लाख ३७ हजार ९ सय ९२ पुगेको छ।

मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घन्टामा थप २४ जनाले ज्यान गुमाएका छन्। थप २४ को मृत्युसँगै नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या पनि ९ सय ८४ पुगेको छ।

प्रकाशित मिति:November 2, 2020