धरौटी रकम लिने निर्णय फिर्ता

  Sampatti News

November 2, 2020

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले आइसीयू र आइसोलेशनमा उपचार गर्नुपर्ने कोरोनाका बिरामीबाट धरौटी रकम नलि लिने निर्णय र्फिता गरेको छ । टेकु अस्पतालले कात्तिक १३ गते आइसीयू र आइसोलेशनमा उपचार गर्न धरौटी रकम तोकेको थियो । यसको चौतर्फि विरोध समेत भएको थियो ।

यो सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पताल पूर्ववत् निर्णयबाट पछि हटेको हो । टेकु अस्पतालले निःशुल्क रुपमा पीसीआर परीक्षण गनर्काु साथै औषधि र ल्याब परीक्षण निःशुल्क गर्दै आएको सरुवा रोग बिशेषज्ञ डा. अनुप बास्तोलाले बताए । कोभिड—१९ भएर स्वास्थ्य उपचारका लागि निम्नवर्गीय तथा मध्यम वर्गीय परिवारका बिरामी धाउने सरकारी अस्पताल मध्ये प्रमुख टेकु अस्पतालमा मानिन्छ ।

विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचयपत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा उपचार छुट दिने उनले बताए ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले धरौटी सम्बन्धी सूचना निकाल्ने सरकारी अस्पताललाई स्पष्टीकरण सोधिएको समेत बताएका थिए ।

प्रकाशित मिति:November 2, 2020